Indrachandra Campus

पूर्व विद्यार्थी समाजको दोश्रो साधारण सभा सम्पन्न

13 hour(s) ago

मिति २०८२ चैत्र १३ गते शुक्रवार पूर्व विद्यार्थी समाजको दोश्रो साधारण सभा सम्पन्न भएको छ। पूर्व विद्यार्थी समाजका अध्यक्ष (निवर्तमान) श्री पदम प्रसाद खडका “रोशन”को अध्यक्षता तथा प्रमुख अतिथि क्याम्पस प्रमुख श्री प्रकाश दाहालको आतिथ्यतामा सम्पन्न सभाले ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । उक्त अधिवेशनको सञ्चालन क्यूएए संयोजक श्री कैलाश पोख्रेलले गर्नुभएको थियो । स्वागत मन्तव्य प्रशासकीय अधिकृत श्री बद्री प्रसाद भट्टराईले गर्नुभएको थियो भने शुभकामना  तथा पूर्व विद्यार्थी समाजको औचित्यबारे मन्तव्य सहायक क्याम्पस प्रमुख श्री बालकृष्ण चेम्जोङ तथा प्रमुख अतिथि क्याम्पस प्रमुख श्री प्रकाश दाहालले राख्नु भएको थियो।

अध्यक्ष: श्री कृष्ण प्रसाद रिजाल शुसान

उपाध्यक्ष: श्री पबित्रा राई

सचिव: श्री निमेश निरौला

सहसचिव: श्री अजय खतिवडा

कोषाध्यक्ष: श्री बिजय ठाकुर

सदस्य: श्री समिक्षा गजुरेल

सदस्य: श्री सन्दिप आचार्य

सदस्य: श्री मिलन वराइली

सदस्य: श्री निकेश

अधिकारी सदस्य: श्री विशाल चम्लागाइ

सदस्य: श्री लक्ष्मी प्रसाद तिम्सिना ।