Indrachandra Campus

१९औँ राष्ट्रिय पुस्तकालय दिवशको अवसरमा इन्द्रचन्द्र क्याम्पसमा ‘पुस्तकालयको प्रयोग, महत्त्व साथै पठन संस्कृति प्रवर्द्धन’ विषयक कार्यक्रम सम्पन्न

1 hour(s) ago

१९औँ राष्ट्रिय पुस्तकालय दिवशको अवसरमा इन्द्रचन्द्र क्याम्पसमा ‘पुस्तकालयको प्रयोग, महत्त्व साथै पठन संस्कृति प्रवर्द्धन’ विषयक कार्यक्रम सम्पन्न भएको छ।

झापाको विर्तामोड ६ स्थित इन्द्रचन्द्र क्याम्पस पुस्तकालय व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा पुस्तकालयको प्रभावकारी प्रयोग, यसको महत्त्व तथा विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने विषयमा चर्चा गरिएको थियो।

पुस्तकालय व्यवस्थापन समितिकी संयोजक स्वस्तिका आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख प्रकाश दाहाल प्रमुख अतिथि रहनु भएको थियो।कार्यक्रममा विद्यार्थीहरूको सहभागितामा Library Quiz Competition सञ्चालन गरिएको थियो भने साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले गजल तथा कविता वाचन समेत गरिएको थियो।
कार्यक्रमकै अवसरमा BBS प्रथम वर्षका विद्यार्थीहरूका लागि Library Orientation कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। अभिमुखीकरणमा पुस्तकालय कर्मचारी पवित्रा सञ्जेलले विद्यार्थीहरूलाई पुस्तकालयमा उपलब्ध स्रोत–सामग्री, पुस्तकालय प्रयोग गर्ने तरिका, पुस्तक खोज तथा उपयोग गर्ने प्रक्रिया लगायतका विषयमा जानकारी गराउनु भएको थियो।
 कार्यक्रमको स्वागत पुस्तकालय व्यवस्थापन समिति सदस्य सुनिता दुलालले गर्नु भएको थियो  भने सञ्चालन मनिषा भट्टराईले गर्नु भएको थियो।

कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमकै अवसरमा विद्यार्थीहरूलाई कोर्स बाहिरका किताबहरू पढ्न प्रेरित गर्ने उद्देश्यले अध्ययन कक्षको समेत समुद्घाटन गरिएको थियो।