Indrachandra Campus

क्याम्पसको वर्तमान अवश्था, शैक्षिक गुणस्तर सुधार एवं श्रोत व्यवस्थानका आधार सम्बन्धमा आयोजित सर्वपक्षीय भेला सम्पन्न

12 day(s) ago

मिति २०८१ असार ३ गते सोमबारका दिन इन्द्रचन्द्र क्याम्पस बिर्तामोडद्वारा क्याम्पसको वर्तमान अवश्था, शैक्षिक गुणस्तर सुधार एवं श्रोत व्यवस्थानका आधार सम्बन्धमा आयोजित सर्वपक्षीय भेला सम्पन्न भयो । उक्त भेलाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष श्री हरिचरण शिवाकोटीकोले गर्नुभएको थियो भने प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री माननीय एकराज कार्की, विशिष्ट अतिथिहरुमा क्रमश बिर्तामोड नगरपालिकाका नगर प्रमुख श्री पवित्रा महतारा प्रसाई, उप प्रमुख श्री नगेन्द्र प्रसाद संग्रौला, कोशी प्रदेश सभा सदस्य श्री कमला थापा मगर, पूर्व क्याम्पस प्रमुख श्री लेखनाथ भट्टराई, अतिथिहरुमा वडाध्यक्ष बि न पा ६ का श्री सुर्य प्रसाद कन्दङ्वा, वडाध्यक्ष बि न पा ४ का श्री राहुल शर्मा, नेकपा एमालेका नगर अध्यक्ष श्री सुवाष भट्टराई लगायत विभिन्न संघ संस्थाका प्रमुखहरु, उद्योगी तथा व्यापारीहरु, पूर्व क्याम्पस सञ्चालक समितीका सदस्यहरु, प्राध्यापक तथा कर्मचारीहरुको उपस्थिति रहेको उक्त भेलामा अक्षयकोष स्थापनार्थ सहयोग गर्नुहुने दाताहरु, ममतामयी माता स्वर्गीय अम्बिका देवी पुरीको स्मृतिमा रु १,११,१११ योगदान गर्नु भएकोले वहाँका छोरा श्री आभाष पुरीलाई, अखिल क्रान्तिकारी इन्द्रचन्द्र क्याम्पसको तर्पmबाट रु १०,००० योगदान गर्नु भएकोले श्री सुजन दाहाललाई र अष्ट्रेलिया निवासी श्री साधना पुरी थापा एवं मजोज थापाद्वारा रु १,००,१०२ योगदान गर्नुभएकोले श्री तुलाराम पुरीलाई दोसल्ला तथा प्रमाण पत्रले सम्मान गरिएको थियो ।